कहाँ कहाँ लगानी भयाे खाेज्न सकिएनः अर्थमन्त्री
२८ चैत्र २०७८, सोमबार १७:५८

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष प्रवाह भएकाे कर्जा सम्बन्धमा खाेजविन गर्न नसकिएकाे बताएका छन् । मन्त्री शर्माले अन्धधुन्ध प्रवाह भएकाे कर्जा प्रवाहमा राष्ट्र बैंकले सुरू देखि नै भुमिका कमजाेर भएकाे बताएका छन् ।
शर्माले देशकाे अर्थतन्त्र खराव भइनसकेके बताउदै आयात नियन्त्रणकाे लागि सरकारले काम गरिरहेकाे बताए । मन्त्री शर्माले केही व्यक्तिले मुलुक श्रीलंका बन्ने भन्दै केहीले हल्ला गरिरहेकाे बताउँदै केहीले राष्ट्रघात गरिरहेकाे बताए ।
अर्थमन्त्री शर्माले आज आयाेजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले उठेका हल्लाहरू निवारण गर्ने प्रयास गरेका छन् ।












