खानेपानी क्षेत्रमा ३७ अर्ब ३५ करोड रुपैयाँ बिनियोजन
१५ जेष्ठ २०७९, आईतवार १८:२६

काठमाडौं । सरकारले खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दश शर्माले आज आगामी आर्थिक वर्षको बजेट घोषणामा खानेपानी आपूर्तीको लागि उक्त बजेट छुट्याइएको जनाएको हो ।
साथै १ हजार घरधुरी लाभान्वित हुने खानेपानी आयोजना स्थानीय जनसहभागितमार्फत कार्यान्यन गरिने र पुर्वस्वीकृति लिएर जनसहभागितामा उपभोक्ताहरुले खानेपानी योजना निर्माण गरेमा गुणस्तर र आयोजनाको दिगोपन मुल्यांकन गरी लागतको अधिकतम ८० प्रतिशत सम्म भुक्तानी दिने व्यवस्था मिलाईने अर्थमन्त्री शर्माले बताएका हुन् ।













