सुनचाँदी दुवैको मूल्य बढ्यो, कति छ तोलाको ?
१६ जेष्ठ २०७९, सोमबार ११:४०

काठमाडौं । सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन र चाँदीको मूल्य आज उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन आइतबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













