सवारी लाइसेन्सको अनलाईन आवेदन आज साझ ६ बजेदेखि खुल्दै, यसरी दिनुस् आवेदन

१६ जेष्ठ २०७९, सोमबार १३:१४

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ आवेदन प्रणाली आज साँझदेखि सुरु गर्दैछ । विभागले आज जेठ १६ गते सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ आवेदन प्रणाली सुरु गर्न लागेको हो ।

यसअघि नयाँ तथा वर्ग थप गर्नका लागि सवारी चालक अनुमति पत्रको आवेदनहरु रद्द गरिएको विभागले जनाएको छ ।

सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि विभागले वेबसाइट उपलब्ध गराएको छ । विभागले उपलब्ध गराएको http://applydl.dotm.gov.np/login साइटमा गई लगइन गरी नयाँ आवेदन फर्म भर्न सकिनेछ । साथै वर्ग थप गराउन चाहाने सेवाग्राहीका लागि आवेदन अर्को हप्ता सोमबारबाट मात्रै खुला गरिने विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*