सामलिङ पावर कम्पनीको अध्यक्षमा मोहन दास मानन्धर नियुक्त, नयाँ संचालक समिति गठन
१७ जेष्ठ २०७९, मंगलवार १०:३३

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ ।
कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको कायम संचालक समितिको सख्या घटाई ११ सदस्यबाट ७ सदस्यीय संचालकहरुको समिति गठन गरको हो ।
संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकमा मोहन दास मानन्घर, शम्भु प्रसाद फयल, श्याम मिलन श्रेष्ठ र गोपाल मानन्धर रहेका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकमा विनय कुमार तोदी र दुर्गा देवि अधिकारी रहेका छन् । त्यस्तै, एक जना स्वतन्त्र संचालकमा राजु शाक्य रहेका छन् ।
साथै नयाँ सदस्यीय संचालक समितिले मोहन दास मानन्धरलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ ।













