अधिंकाश बीमा कम्पनीहरुको शेयरमा ओरालो यात्रा
१९ जेष्ठ २०७९, बिहीबार १५:२१

काठमाडौं । नेप्से ओरालो लाग्दा २११२।४७ को विन्दुमा कायम भएको छ । लगातार दुई दिन देखि अधिंकाश बीमा कम्पनीहरुको शेयर मूल्य निरन्तर घटिरहेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।४७ प्रतिशतले घटेको छ ।
त्यस्तै, उन्नती सहकार्य, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स, हिमालयन उर्जा, सिटिजन म्युचुअल फन्ड, सिद्धार्थ इन्स्योरेन्स, मैलुङ खोला र शिखर र इन्स्योरेन्सको शेयर ओरालो लागेको छ।














