सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

२० जेष्ठ २०७९, शुक्रबार १३:५९

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर घटाएको छ । नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले समायोजन गरेसँगै सार्वजनिक यातायातको भाडादर घट्न पुगेको हो ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको हो । विभागले जेठ २० गतेदेखि लागू हुनेगरी दुई वा दुईभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) संचालन हुने सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

यात्रुवाहक सवारीमा भाडादर २ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा २.९ प्रतिशतले भाडादर घटाएको विभागले जनाएको छ ।

 

sawari vadadar

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*