इसेवाबाट पनि होटल बुक गर्न पाइने

२० श्रावण २०७९, शुक्रबार १५:४३

काठमाडौं । अव इसेवाबाट सिधै होटेल समेत बुक सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ ।

नेपालका कुनैपनि क्षेत्रका होटलहरु ग्राहकहरुले इसेवा एप मार्फत बुक गर्न सक्नेछन् । सो कम्पनीको अनुसार हाल इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ ।

डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार होटलको सेवा सुरुवात गरेको इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले बताए । कोभिडपछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएको उनले बताए ।

‘भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*