घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार?
२२ श्रावण २०७९, आईतवार १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ५ रुपैयाँ कायम भएको छ ।
शुक्रवारका दिन नेपाली बजारमा सुन प्रतितोला ७ सय रपैयाँले बढेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको थियो ।













