यस रेमिट प्रालिको इजाजतपत्र खारेज

२३ श्रावण २०७९, सोमबार १०:०५

काठमाडौं । यस रेमिट प्रालिको इजाजतपत्र खारेज भएको छ। । ने पाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले नै इजाजतपत्र रद्द गरिपाउँ भनी दिएको निवेदनपछि राष्ट्र बैंकले यस रेमिट लाइसेन्स खारेज गरेको हो।

विप्रेषणसम्बन्धी कारोबार गर्दै आएको यो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी दिन राष्ट्र बैंकले जनाएको छ। सोहीअनुसार लेनदेन सम्बन्धित रहेकाहरुले राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा जानकारी गराउनुपर्ने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*