सुनचाँदीको भाउ स्थिर,कतिमा हुदैछ कारोबार?
२३ श्रावण २०७९, सोमबार १०:५९

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ५ रुपैयाँ कायम भएको छ ।
आइतवारका दिन नेपाली बजारमा सुन प्रतितोला ५ सय रपैयाँले घटेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।













