नेपालमा भीएस ग्रुप बन्यो आईप्रो स्मार्टफोनको एकमात्र अधिकारिक वितरक

काठमाण्डौ । हङकङ आईप्रो टेक्नोलोजी कम्पनी लिमिटेडले भीएस ग्रुप प्रालिलाई आईप्रोेको नेपालमा फिचर फोन तथा स्मार्ट फोनको एकमात्र आधिकारि आईप्रो मोबाइल फोन वितरक बनाएको छ।
नेपाली बजारमा आईप्रोका सस्तो मूल्यका फिचर फोन साथै स्मार्ट फोनहरु भित्रिएका छन्। आईप्रोका फिचर फोनको बिक्रीवितरण सन् २०१७ जुलाईदेखि प्रारम्भ भए पनि आईप्रोको आधिकारिक रुपमा बिक्रेता थिएन।
भीएस ग्रुप नेपाल र हङकङ आईप्रोबीच साझेदारी भएलगत्तै आईप्रो मोबाइल फोनको आधिकारिक बिक्रेता भीएस ग्रुपले फेरि थप नयाँ स्मार्टफोनका मोडलहरु लिएर आएको छ। आईप्रोका विभिन्न मोडेलका फोनहरु बिक्री गर्दै आइरहेको भीएस ग्रुपले बजारको मागलाई हेरेर नयाँ मोडेलहरु लिएर आएको हो। अब अहिले आउन लागेको नयाँ मोडेलहरु एस२००एम, एस१००, ५०१एप्लस, वाई१०० छन्।
भीएस ग्रुपले देशभर आफ्नो सर्भिस सेन्टर स्थापना गर्न सफल भएको छ। जसका कारण नेपालका सबै प्रदेशमा आईप्रो मोबाइल कस्टमरलाई मर्मत सहज भएको छ।













