चाडपर्वलक्षित इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने

१७ भाद्र २०७९, शुक्रबार १३:५३

काठमाण्डाौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ।

यस अफरअन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन्। अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन्। यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहारस्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत पहिलोपटक हवाईजहाज टिकट खरिदकर्ताका लागि थप ३ प्रतिशत अथवा ३०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ। जसका लागि प्रोमोकोड ‘एनएवाईए’ प्रयोग गर्नुपर्नेछ।

यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागू हुनेछ। सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*