सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

२७ भाद्र २०७९, सोमबार १६:४७

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहिन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गर्नु भएको हो ।

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म ५० हजार भन्दाबढी भूमिहीनहरुलाई लालपूर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजार भन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रम र वजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरीसक्ने यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेकाले भूमिहिन सकुकुम्वासी र भूमिहिन दलितहरुका लागि सरकारले गरिरहेको लालपूर्जा तिरण कार्य नियमित काम भएकाले आचारसंहिता लाग्ने विषय होइन यसमा सबै स्पष्ट हुनु आवश्यक छ भन्नुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन शुरु भइसकेको पनि बताउनुभयो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*