सुनको मूल्य घट्यो भने चाँदीको बढ्यो
२८ भाद्र २०७९, मंगलवार ११:३१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको मुुल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ ।
आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ८५ रुपैयामा कारोवार भैरहेको छ ।
सोमवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको थियो भने चाँदीको मुुल्य चाहि स्थिर रहेको थियो ।













