जनरल इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, मर्जर र सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित
११ आश्विन २०७९, मंगलवार १३:३५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बिशेष साधारणसभा सम्पन्न भएको छ । आज बिहान ११ बजेदेखि भएको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । आजको सभाले जनरल इन्स्योरेन्स र सानिमा जनरलको एकिकृतको बाटो खोलेको छ।
उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी तथा सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको नाम नेपालीमा सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीको नामबाट कारोबार हुने प्रस्ताव समेत पारित हुने गरेको छ ।
सभाले दुई कम्पनीबीच एक आपसमा गाभिएपछि सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित भएको छ।दुई कम्पनीबीच शेयर अनुपात १ः१ कायम गर्ने गरि गाभ्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित भएको छ।













