दैनिक १०० जनालाई कोरोना दावी भुक्तानी गर्दै नेको इन्स्योरेन्स

१३ मंसिर २०७९, मंगलवार १६:२०

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आजदेखि दैनिक १०० जनाको दरमा कोरोना बीमा दाबी भुक्तानी गर्न सुरु गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर १३ गतेदेखि पुष १ गतेसम्म दैनिक १०० जनाको दरमा कोरोना बीमाको रकम फर्छ्यौट गर्ने जनाएको हो ।

नेको इन्योरेन्समा कोरोना बीमा दावी गरी भुक्तानी लिन बाँकी भएका बीमितहरु मध्ये व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमा गर्ने बीमितहरुलाई पीसीआर पोजिटिभ भई बीमा गर्ने मध्ये पहिला दावी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर कम्पनीले दावी भुक्तानी प्रक्रिया सुरु गरेको हो ।

अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उपलब्ध रकम भुक्तानी प्राप्त गर्न योग्य व्यक्तिहरुको नामावली कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*