लाभांश प्रस्ताव सहित युनिलिभर नेपालको साधारण सभा आज बस्दै

२० मंसिर २०७९, मंगलवार ०६:१०

काठमडौं । युनिलिभर नेपाल लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले आज (मंसिर २०) गते होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे मंगलबारका दिन २९ औँ वार्षिक साधारण सभा बस्दैछ ।

उक्त सभाले प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानका प्रस्ताव, नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*