डलरको मूल्य बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२० मंसिर २०७९, मंगलवार १०:३४

काठमाडौं । लगातार तीन दिनदेखि स्थिर रहेको डलरको मूल्य आज बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विदेशी मुद्राको विनिमयदर अनुसार आज मूल्य बढेको हो । आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ५७ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ १७ पैसा छ । सोमवार १ अमेरिकी डलरको खरीददर १२९ रूपैयाँ ८२ पैसा थियो भने विक्रीदर १३० रूपैयाँ ४२ पैसामा कायम भएको थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढको छ । आज युरोको भाउ १ रुपैयाँ ४ पैसाले बढको छ । आज प्रतियुरो खरीददर १३७ रूपैयाँ ८७ पैसा र विक्रीदर १३८ रूपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३६ रूपैयाँ ८३ पैसा र विक्रीदर १३७ रूपैयाँ ४६ पैसा कायम भएको थियो ।












