नेपाल राष्ट्र बैंकद्धारा बागमती प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७८।७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार बागमति प्रदेशको कृषि बालीले ढाकेको क्षेत्र १.९ प्रतिशतले बढेको छ भने यस्ता बालीको उत्पादन २.२ प्रतिशतले घटेको छ । जसमा प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा वर्षमा गहुँ ६.९ प्रतिशत, कोदो उत्पादन ०.१ प्रतिशत, जौ ४.१ प्रतिशत, फापर उत्पादन १५ प्रतिशतले बढेको छ भने धान उत्पादन ०.४ प्रतिशत र मकै उत्पादन १.७ प्रतिशतले घटेको छ ।
साथै समीक्षा वर्षमा तरकारी उत्पादन १.१ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन १०.६ प्रतिशत, मासु उत्पादन ८.३ प्रतिशतले बढेको छ भने अण्डा उत्पादन १.३ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ३.५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको देखिएको छ ।
त्यस्तै, यता उद्योग क्षेत्रबाट बागमती प्रदेशको उद्योगको क्षमता उपयोग औसतमा ४७.४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४२.४ प्रतिशत रहेको थियो ।












