राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसदको अधिवेशन आह्‍वान

१२ पुष २०७९, मंगलवार १७:२७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका संघीय संसदको अधिवेशन आह्‍वान गरेकी छिन्। सोमबार बसेको नवगठित मन्त्रिपरिषद्ले पुसको अन्तिम साता बैठक आह्‍वान गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले नयाँ सरकारको सिफारिस बमोजिम पुस २५ गतेका लागि बैठक आह्‍वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते दिउँसो १ बजेका लागि दुवै सदनको बैठक आह्‍वान गरेकी हुन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा बुझाएको ३० दिन भित्र नयाँ प्रतिनिधिसभाको बैठक आह्‍वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*