सुनको मुल्य घट्यो

१४ पुष २०७९, बिहीबार १०:४३

काठमाडौं । सुनको मुल्य आज प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा २०० रुपैयाँले घटेर १ लाख ४०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १० रुपैयाँले १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो पुस १३ गते मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*