३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१७ पुष २०७९, आईतवार ११:०३

काठमाडौं । सुनको मुल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आईतवारको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।












