अर्थ सचिव राया र घिमिरेले आजदेखि कार्यभार सम्हाले

२२ पुष २०७९, शुक्रबार १५:१८

काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले आजदेखि कार्यभार सम्हालेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थ सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*