सिटिजन लाइफको ‘अनलाईन बीमा दाबी’ सेवा शुभारम्भ

१९ जेष्ठ २०७८, बुधबार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईनबाट दावी भुक्तानी प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ ।

कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवाग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको आज जनाएको छ ।

नयाँ सुविधा अन्तर्गत बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनवाट दावी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिने सो कम्पनीले जनाएको छ ।
ओमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दावीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

कम्पनीले लकडाउनको समयमा आफ्ना बीमितहरुलाई घरमै बसेर इसेवा, फोन पे र कनेक्ट आईपिएसमार्फत सजिलै बीमाशुल्क तिर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*