आज सर्वाधिक कारोबार हुने कम्पनी कुन कुन ? हेरौं आजका टप १० कम्पनीको सूचि

२३ जेष्ठ २०७८, आईतवार १५:३२

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज टप कम्पनीको सूचिको पहिलो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको आज एकै दिन करिब सवा अर्ब अर्थात एक अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।

सातको पहिलो दिन सर्वाधिक १० करोबार भएका कम्पनीहरुको सूचिमा निफ्रा दोस्रो स्थानमा रहेको छ । सो कम्पनीको ८३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै लुम्बिनी विकास बैंक र कैलाश विकास बैंकको क्रमशः ५४ करोड र ४६ करोडको शेयर करोबार भएको छ । यी दुई कम्पनीहरुमा केही दिनदेखि लगानीकर्ताहरुको आकर्षण बढेको छ ।


त्यस्तै, मेगा बैंकको ४४ करोड, नेपाल बंगलादेश बैंकको ४१ करोड, प्रभु बैंकको ३६ करोड, नेपाल बैंकको ३६ करोड, ग्लोबल आईएमई बैंकको ३६ करोड र सेन्चुरी बैंकको ३४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*