स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम ७५१ तोकेर बोलपत्र पेश गर्न सकिने

२४ जेष्ठ २०७८, सोमबार ११:१४

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । लघुवित्तले एक लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्रीमा ल्याएको हो ।

उक्त लिलामि लशेयर खरीदकर्ताले विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।उक्त शेयरको न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ निधारण गरिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले सूचना मार्फत जनाएको छ । लघुवित्तको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*