एक करोड छ लाखले सेवा लिने बीमा सेवाप्रति प्रशासनको विभेद, सडकमा भिडभाड, बीमा कम्पनी भने बन्द

२४ जेष्ठ २०७८, सोमबार ११:२७

काठमाडौं । सरकारले अत्यावश्यक सेवाको सूचिमा राखेको बीमा सेवा करिब एक महिनादेखि बन्द अवस्थामा छ । उपत्यकाका तीन वटै प्रशासनले गत शुक्रबार देखि अत्यावश्यक सेवाहरु सुचारु राख्ने निर्णय गरेको छ । उक्त निर्णयमा बीमा क्षेत्र परेको छैन । देशको जनसंख्याको २३ प्रतिशत जनता बीमाको दायराभित्र छन् । तर, प्रशासनले बीमा सेवालाई सञ्चालन गर्न अनुमति दिएको छैन । एउटै बर्गमा रहेको बैंकिङ सेवाहरु सीमित कार्यालयमार्फत सञ्चालन भइरहेका छन् ।

काठमाडौं प्रशासनको यस्तो निर्णयप्रति बीमा कम्पनीहरु भने त्यति सन्तुष्ट देखिएका छैनन् । कोरोना महामारीमा यसअघिका वर्षमा बीमा सेवा सुचारु राखेका कम्पनीहरुले यस पटक भने २७ दिनदेखि पूर्ण रुपमा बीमा सेवा बन्द गरेको अवस्था छ ।

देशका ८३ लाख ८७ हजार जनताले जीवन बीमा सेवा र २३ लाख भन्दा बढि जनता तथा कम्पनीले निर्जिवन बीमा सेवा लिएका छन । बीमा सेवा बन्द हुँदा सबै काम ठप्प हुन पुगेको छ । महिना दिनदेखि सेवा अबरुद्ध हुँदा बीमा दावी भुक्तानी, बीमा शुल्क संकलन समेत प्रभावित हुँदै आएको छ । शहरिया जनताको लागि बीमा शुल्क भुक्तानी र बीमा दावी भुक्तानीमा विद्युतीय माध्यम प्रयोग भएपनि डिजिटल प्रविधि चलाउन नजान्ने, शिक्षाको पहुँच कम भएका क्षेत्रका जनता भने पूर्ण रुपमा बीमा सेवा लिनबाट बञ्चित भएका छन् ।

सडकमा भिडभाड बढ्दो छ, अत्यावश्यक सेवाका नाममा विभिन्न मानिसहरुले परिचय झुण्ड्याएको भरमा सडकमा हिड्न दिने तर संस्थागत सिष्टम्मा काम गर्ने बीमा कम्पनीप्रति अनुदार देखिँदा मासिक अर्बौ रुपैयाँको कारोबार हुने बीमा सेवा पूर्ण रुपमा प्रभावित हुन पुगेको छ । २७ दिनदेखि बीमा सेवा बन्द हुँदा पनि बीमा समितिले कुनै चासो देखाएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*