शिखर चुम्न चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार

३० जेष्ठ २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक १९ अर्ब ५५ करोडको शेयर खरिद बिक्री भएको छ ।

आइतबार मूल्य परिसूचक पनि उच्च अंकले बृद्धि भई नेप्से परिसूचक २९८३.११ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ३८.३२ अंकले बृद्धि भएको हो । कूल तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबार अरुण भ्याली हाईड्रोपावरको शेयर सबैभन्दा धेरै ६६ करोडको कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डले नक्कली डिमाण्ड एण्ड सप्लाई रोक्न एओन भन्ने अप्सन बन्द गर्न नेप्सेलाई निर्देशन दिएपछि झनै कारोबारमा बृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*