५१ कम्पनीको शेयर मूल्य बृद्धि शंकाको घेरामा, सबोनले गर्यो सुक्ष्म अध्ययन (सूचिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले हालै गरेको ५१ कम्पनीहरुको शेयर मूल्य विश्लेषणमा थुप्रै कम्पनीहरुको शेयर मूल्य शंकाको घेरामा परेको देखिएको छ । सेबोनले गरेको एक अध्ययनको क्रममा ५१ जोखिमयुक्त कम्पनीहरु मध्ये धेरैका शेयर मूल्य शंकास्पद देखिएको आज सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।
प्रतिशेयर कूल सम्पत्तिको मूल्य भन्दा २१ गुणा बढि मूल्यमा शेयर कारोबार भइरहेको भेटिएको छ । नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा संगठित संस्थाहरुको मूल्यबृद्धि ३०० प्रतितसम्म भएको पाइएको उल्लेख छ । साथै प्रतिवेदनले लगानीकर्ताहरुलाई जोखिमयुक्त कम्पनीहरुको शेयर खरिद गर्नुपूर्व पर्याप्त कम्पनीको विश्लेषण गर्न सुझाव दिएको छ । बोर्डले नेप्सेको कूल बजार पुँजिकरण देशको कूल ग्राहस्थ उत्पादनलाई जित्नेतर्फ अघि बढेपछि सो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
पछिल्लो एक वर्षको अवधीमा उल्लेख्य मात्रामा शेयर मूल्य बृद्धि भएपछि बोर्डले लगानीकर्ताहरुलाई सचेत हुन भनिरहेको छ । सेबोनले एक वर्षमा मूल्यबृद्धि ३०० प्रतिशत वा सो भन्दा बढिले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० वा सो भन्दा बढि भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्य भन्दा नेटवर्थ कम भएका मापदण्डभित्र ५१ वटा कम्पनी परेको जनाउँदै उनीहरुको विस्तृत अध्ययन गरिएको जनाएको छ ।
बोर्डले आज सार्वजनिक गरेको जोखिममा परेका ५१ कम्पनीको सूचि
















