सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा खड्का नियुक्त, आजबाट सम्हाले कार्यभार

१ असार २०७८, मंगलवार १७:४०

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृत लिई सिईओ पदमा नियुक्त गरेपछि खड्काले हिजै शपथ ग्रहण गरी आजबाट कार्यभार सम्हालेका छन् ।

कम्पनीको जेठ ३१ गते सम्पन्न संचालक समितिको बैठकले आज असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खड्काले सिईओको रुपमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आगामी चार वर्ष सम्मका नेतृत्व गर्नेछन् ।

सिईओ खड्काले आज सूर्या लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा कार्यभार ग्रहण गरी औपचारिक रुपमा काम सुरु गरेका छन् । बीमापोष्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै सिईओ खड्काले सूर्या लाईफ इन्स्योरेन्स कम्पनी योजनाबद्ध र बीमाको दीगो विकास लक्ष्यका साथ बीमितलाई अधिकतम् प्रतिफल दिने गरी अघि बढ्ने बताए । उनले आजको पहिलो दिन योजना बनाएर बिताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*