एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२९ चैत्र २०७९, बुधबार १०:४६

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन अर्थात सोमबार छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात मंगलवारको दिन पनि १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*