नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मतले चयन
३० चैत्र २०७९, बिहीबार १६:५७

काठमडाौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । निर्वाचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका थिए ।
पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायत सहितको बैठकले अन्जनको पक्षमा सहमति बनाएको हो। मिलेसम्म तीन वर्षे कार्यकाल आधाआधा खाने र नमिलेमा उमेशलाललाई विशिष्ट सदस्यमा ल्याउने गरी सहमति भएको छ।












