अरुण भ्याली हाइड्रोपावरले १ः१ हकप्रद शेयर जारी गर्ने
६ बैशाख २०८०, बुधबार १६:५१

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । कम्पनीको आज ३ वजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी रू १,८६,७९,६२,६००। (बराबरको १ः१ एक शेयर बराबर नयाँ एक शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन गर्ने निर्णय समेत बैठकले गरेको छ ।












