भ्रष्टाचारीका मतियार डा. विश्व पौडेल अर्थमन्त्रीका सल्लाहकारमा नियुक्त, तत्काल अर्थतन्त्र सुधार नहुने !

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले यसअघि जनार्दन शर्माको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भ्रष्टाचारीसँग सेटिङ गरेको तथा कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाकी पत्नी आरजु राणाका प्रिय डा. विश्व पौडेललाई राज्यमन्त्री सरह सुविधा दिएर प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
गत आम निर्वाचनमा चितवनबाट हारेका, अर्थतन्त्रको रुटसम्म ज्ञान नभई सतही ज्ञान भएको र भ्रष्टाचारीसँग सेटिङ गर्न माहिर व्यक्तिलाई नै अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेपछि देशमा जारी आर्थिक संकट तत्काल हल नहुने भएको छ ।
डा. विश्व पौडेल यसअघिका अर्थमन्त्री जनार्दश शर्माको पालमा सरकारकै आर्थिक सल्लाहकार तथा योजना तर्जुमा सम्बन्धी काम गर्ने राष्ट्रिय योजना आयोगमा बसेर काम गरेका व्यक्ति हुन् । उतिबेला जनार्दन शर्मालाई भ्रष्टाचारीसँग मिलेर डुबाएको आरोप विश्व पौडेलमाथि लाग्दै आएको छ । अर्थतन्त्रको रुटतहको ज्ञान भन्दा पनि सतही ज्ञान भएका व्यक्तिका रुपमा डा. विश्व पौडेललाई लिइन्छ ।
देश र जनताको लागि भन्दा पनि भ्रष्टाचारी, सभापति पत्नी आरजु राणाको लागि काम गर्ने र आफ्नो गोजी भर्ने ध्याउन्न भएका डा. विश्व पौडेलकै कारण नेपाली कांग्रेसभित्र ठूलो लफडा चल्दै आएको छ । यसअघि डा. स्वर्णिम वाग्लेलाई दिनुपर्ने टिकट पौडेलले आरजुलाई सेटिङ मिलाएर आफ्नो हात पारेका थिए । उतिबेला राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजिनामा दिएर चुनाव लड्न गएका पौडेललाई अहिलेका अर्थमन्त्री डा. महतले प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् ।
त्यस्तै, अर्का सल्लाहकारमा अर्थविद डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको छ । पाण्डेलाई पौडेलको तुलनामा निकै राम्रा भएपनि भ्रष्टाचारीसँगको संगत भएका अनैतिक व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेकोले देशको अर्थतन्त्र तत्काल सुधार नहुने झन झनै भयावहतर्फ अघि बढ्ने सम्भावनातर्फ मुलुक अघि बढ्ने देखिएको छ ।
अर्थमन्त्रीको बैंक वित्तीय क्षेत्रका सल्लाहकार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट नियुक्त भएका छन् । उनलाई काजमा राष्ट्र बैंकबाट मन्त्रालयमा तानिएको हो । बैंकिङ क्षेत्रको राम्रो ज्ञान भएका भट्टले बैंकभित्रका खराव कार्यलाई नियमन गर्ने विश्वास गरिएको छ ।













