रिलायबल नेपाल लाइफको साधारणसभा आज, आइपीओ प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा
४ असार २०७८, शुक्रबार ०६:५५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभाअ आज हुने भएको छ । उक्त सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यलय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने भएको छ ।
त्यस्तै, सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ।
सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। सभाबाट उक्त प्रस्ताव पारित भएपछि बोर्डबाट निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चानत् कम्पनीको चुक्त पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।













