घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१४ बैशाख २०८०, बिहीबार १०:४१

काठमाडौं । साता कारोबार पाचौ दिन अर्थात बिहिवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सय रुपैयाँले कारोबार भैरहेको छ ।

अघिल्लो कारोबारको दिन अर्थात बुधवार नेपाली बजारमा छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँले कारोबार भैरहेको थियो ।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*