मेलम्चीको पानी वितरण जेठ १ गतेदेखि दुई साता बन्द हुने

१ जेष्ठ २०८०, सोमबार ०९:५७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनले जेठ १ गतेदेखि दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले  बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ ।

हेडवर्क्सबारे एशियाली विकास र परियोजनाले पनि अध्ययन गरिरहेकाले चालु अवस्थामा रहेको प्रणालीलाई नै व्यवस्थित गर्न लागिएको परियोजनाले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*