दुर्गा प्रसाईं निवासबाटै पक्राउ
१२ आश्विन २०८३, सोमबार १२:२८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
यसअघि प्रसाईंले रास्वपाकी सांसद एवं जेनजी शहीद रसिक खतिवाडकी आमा रचना खतिवडाविरुद्ध अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपश्चात् सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमा भक्कानिदै रोएकी थिइन् । प्रसाईंले ‘छोराको लाशमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए ।










