प्रतिकित्ता मूल्य ५० रुपैयाँ रहेको हाथवे इन्भेष्टमेन्टको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

२४ भाद्र २०८०, आईतवार १८:११

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओमा १० लाख १० हजार ३४ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २४ गते साँझ ५ः०७ बजेसम्म २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत १ अर्ब २० करोड ९६ लाख ४२ हजार रुपैयाँ संकलन भएको छ । जुन माग भन्दा ९.९६ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीाको आइपीओमा छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*