बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२५ भाद्र २०८०, सोमबार १०:५३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य सामान्य रुपले बृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदी ५ रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन (आइतबार) छापावाला सुनको मूल्य एक लाख ११ हजार नौ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

कारोबारका अघिल्लो दिन आईतबार प्रतितोला एक हजार ३९५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*