सुनको मूल्य स्थिर, चाँदीको कति ?
२६ भाद्र २०८०, मंगलवार ११:०९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी ५ रुपैयाँले बृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन पनि छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
कारोबारका अघिल्लो दिन सोमबार प्रतितोला एक हजार ४ सय रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४०५ रुपैयाँमा कायम भएको छ ।












