त्रिभुवन विमानस्थलबाट थप १ केजी सुन बरामद

२६ भाद्र २०८०, मंगलवार १७:१२

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप १ केजी सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलिले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका छन् । उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको छ । प्रहरीले अहिले सो व्यक्तिलाई खोजि कार्य गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*