प्रतिकित्ता १०३ रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणलाई...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी...


सानिमा बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज मंसिर ४ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ। यसका...


मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या...


मुक्तिनाथ विकास बैंकले डिजिटल बैंकिङ्गमा नयाँ अध्याय: ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाइल बैंकिङ सेवा विस्तार गर्दै थप सुविधासहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। नयाँ एपले ग्राहकलाई सहज, सुरक्षित र व्यापक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको बैंकले...


वर्षदिनमा राष्ट्र बैंकले कमायो साढे ७३ अर्ब, सरकारलाई ३७ अर्ब बुझाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।८१ मा ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आय गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो। बैंकको सञ्चालक समितिको गत कात्तिक २९ गते बसेको...


एकैपटक ४ कम्पनीको शेयर बेच्दै एनआईसी एशिया बैंक, मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एकैपटक चार वटा कम्पनीहरूको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न चार कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सिआईटी) को...


नबिल बैंकको साधारणसभा मंसिर २७ गते बस्दै, मर्जर र लाभांश प्रस्ताव

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ४०औं वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार बस्ने निर्णय गरेको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...


साउदी, दुबई र कतारबाट दैनिक अर्बौ रुपैयाँ हुण्डीमार्फत भित्रिदै, दुई रेमिट्यान्सको गतिविधि शंकास्पद

काठमाडौं । युएईस्थित एक बहुराष्ट्रिय कम्पनीमा करिब सात हजार नेपाली कामदार काम गर्दै आएका छन् । सो मध्ये करिब ७० प्रतिशतले मात्रै बैधानिक बाटोबाट नेपालमा रकम पठाउँछन् । बाँकी ३० प्रतिशतले हुण्डिमार्फत रकम नेपाल पठाउने गरेको सो कम्पनीमा कार्यरत...


फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारणसभा मंसिर २८ गते शुक्रबार बोलाएको छ। लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजे सभा बोलाएको हो। सभामा...


नेशनल लघुवित्तले बोलायो साधारणसभा, लाभांश र एफपीओ प्रस्ताव

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौं वार्षिक साधारणसभा मंसिर २४ गते सोमबार बोलाएको छ। लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा गत...


लक्ष्मी सनराइज बैंकको ४० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्। शेयर...


सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच AliPay+ नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मंसिर २ आइतबारका दिन सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...


साइबर ठगीबारे ‘रणनीतिक विश्लेषण प्रतिवेदन’ सार्वजनिक, १८-२४ उमेरका व्यक्ति ठगीमा बढी संलग्न

काठमाडौँ । वित्तीय जानकारी इकाइले रणनीतिक विश्लेषण प्रतिवेदन, २०२४ सार्वजनिक गरेको छ। यस प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विषयमा विस्तृत विश्लेषण गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदन आज...


ऋण नतिर्ने ९७ ऋणीहरुको नाम लक्ष्मी लघुवित्तद्वारा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने ९७ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो। लघुवित्त संस्थाले सार्वजनिक गरेको सूचनामा...


नेपाल बैंकले आयोजना गरेको समारोहमा राष्ट्रिय बीमा कम्पनीका सिईओ शिवहरि श्रेष्ठ गम्भीर घाइते, टाउकोमा सात टाँका

काठमाडौं । नेपाल बैंकको ८८ औं बार्षिकोत्सव कार्यक्रममा आमन्त्रण गरिएका अतिथि राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवहरि श्रेष्ठ गम्भिर घाइते हुन पुगेका छन् । नेपाल बैंक व्यवस्थापनको लापरवाहीका कारण सिईओ श्रेष्ठको टाउकोमा गम्भिर चोट लाग्न पुगेको हो...


नबिल बैंकले मंसिर २७ गते बोलायो साधारणसभा

काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार बोलाएको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिले सभा बोलाएको हो। यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने...


स्वावलम्बन लघुवित्तको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकको जिम्मेवारी दिएको हो । संस्थाको २३औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्रेष्ठलाई निर्विरोध निर्वाचित...


नाडेप लघुवित्तको कामु सीईओमा आचार्य नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद आचार्य नियुक्त भएका छन्। लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि नै लागू हुने गरी अर्काे व्यवस्था नभएसम्मका लागि...


पूरानो नगद लाभांश लिन नेपाल एसबिआई बैंकको आग्रह

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७६/७६ को मुनाफाबाट पारित नगद लाभांश लिन आग्रह गरेको छ। बैंकले २०७६ मंसिर २९ गते सम्पन्न २६औं वार्षिक साधारणसभाबाट पारित १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो। बैंकले शेयरधनीहरूलाई...