दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो

१३ आश्विन २०८०, शनिबार २०:२१

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज डोल्पाको सीमा हुँदै बाग्लुङतिर पुगेपछि सो जहाजमा यात्रा गर्ने यात्रुका आफन्तहरु झस्किएका छन् । अझ नेपाल एयरलाइन्सको जहाज ३३ हजार फिटको उचाई कायम गर्दै हिमाल छेउतिर पुगेपछि भने सो जहाज नियालिरहेकाहरु अचम्ममा परेका छन् ।

नेपाल एयरलाइन्सको आरए २३० उडान नं को एयरबस ए–३२० जहाज (न्यारोबडी) नेपालगन्जबाट नेपालतर्फ भित्रिएको थियो । उचाई थियो ३३ हजार । काठमाडौंमा अवतरण गर्न बारामाथिको आकाशमा पुगेर एप्रोच लिनुपर्ने जहाज लगातार उत्तरतर्फ सोझिँदै गएको थियो । उचाई ३३ हजार कायम गरेर रन्मामैकोट पुगेपछि बल्ल तलतिर झरेको थियो ।

हाल सो जहाज भरतपुर हुँदै काठमाडौंमा अवतरण गरिसकेको छ । काठमाडौं आउनुपर्ने जहाज डोल्पाको सीमामा पुगेर पूर्वी रुकुम, म्याग्दी, बाग्लुङ हुँदै स्याङ्जातर्फ झरेर चितवनको भरतपुर विमानस्थलमाथि आईपुग्दा २५ हजार फिटको उचाई कायम गर्दै अघि बढेको थियो ।

त्रिभुवन विमानस्थलमा रहेको टिडिओले उक्त जहाजमा कुनै प्राविधिक समस्या नरहेको र पोखरा रुटमा रहेर काठमाडौंमा अवतरण गर्न लागेको जनाएको छ ।

 

5 thoughts on “दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो

  1. Manoj kc says:

    Care hunuparyo Sir

  2. Manoj kc says:

    Bichar garnu parne dekhin6

  3. पारस कार्की says:

    यो रूट हराएर त्याहा पुगेको हो कि पूर्व जानकारी दिएर पुगेको हो, स्पष्ट छैन। खोजी गरेर गल्ती गरेको भए कारवाही गर्न पर्यो।

  4. Karan Karki says:

    राम्रो सँग अनुसन्धान गरेन भने नत्र फेरि पनि यस्तै अरु समस्या हरु हुन सक्छ धन्यवाद

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*