४,७६७ जना ऋण लिन नपाउने गरी कालोसूचिमा, चेक बाउन्स भएपनि कालोसूचिमा परिने

३ चैत्र २०७७, मंगलवार ०८:५०

काठमाडौं । कर्जा सूचना केन्द्रमा कालोसूचिमा पर्नेहरुको संख्या चार हजार ७६७ जना पुगेको छ । सूचना केन्द्रका अनुसार यसरी कालोसूचिमा पर्नेहरुलाई नेपालमा सञ्चालित कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन नपाउने व्यवस्था छ ।

बैंकको कर्जा समयमा भुक्तानी नगर्दा तथा चेक बाउन्स केसमा मानिसहरु कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्ने गर्दछन् । आज प्रकाशित अभियान दैनिकको समाचार अनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ ।

समाचार अनुसार पछिल्लो ५ वर्षमा ११ हजार ४५० ऋणी कालोसूचीमा परेका छन् । उनीहरुले कालोसूचिमा परेको अवधीभरमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तथा ऋण नविकरण गर्न पाएनन् । २०४६ सालदेखि चालू आवको फागुन २८ गतेसम्ममा भने कालोसूचीमा पर्ने ऋणीको संख्या १५ हजार २९५ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा कर्जा सूचना केन्द्रले कालोसूचीमा परेका ऋणीहरूको संख्या सार्वजनिक गर्ने गर्छ । केन्द्रले यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको यस्तो सूची सार्वजनिक गर्दै आएकोमा चालू आवदेखि भने लघुवित्तको पनि सार्वजनिक गर्न थालेको छ । लघुवित्तको समेत कालोसूचि समावेश हुँदा कालोसूचिमा पर्नेहरुको संख्या अझै बढ्ने देखिएको छ ।

गतवर्षदेखि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चेकमा गलत हस्ताक्षर गरेमा र खातामा पर्याप्त रकम नभएर (चेक बाउन्स भएमा) १ साताभित्र पनि रकम भुक्तानी नगरे कालोसूचीमा राखिने व्यवस्था गरेको छ ।
आव २०७३/७४ फागुनसम्ममा कालोसूचीमा परेर चुक्ता नगरेका ५५९ ऋणी अझै सूचीबाट हटेका छैनन् । यस्तै, आव २०७४÷७५ मा यस्तो संख्या ८४६ र २०७५/७६ मा १ हजार ५२८ रहेको छ । यसैगरी २०७६/७७ मा ३ हजार ७५० र २०७७/७८ फागुनसम्ममा यस्ता ऋणीको संख्या ४ हजार ७६७ छ ।

8 thoughts on “४,७६७ जना ऋण लिन नपाउने गरी कालोसूचिमा, चेक बाउन्स भएपनि कालोसूचिमा परिने

  1. Padam shah says:

    Samargh ma yo desh KO maudrik niti galat X

  2. Roshan Lal Gurung says:

    Kalo suchi ma pareko name kaha herna parxa ?

  3. Ramesh khatri says:

    Ramesh khatri

  4. bijay says:

    kalo suchi ma pareko name kaha herna payencha ?

  5. Nabin mall says:

    Waiter ho

  6. Adriana says:

    I truly love your blog.. Great colors & theme. Did you make
    this site yourself? Please reply back as I’m planning to create my own site and would love to know where
    you got this from or what the theme is called. Cheers!

  7. Leonardo says:

    Very shortly this website will be famous among
    all blogging and site-building people, due to it’s
    pleasant articles

  8. Erick says:

    What a information of un-ambiguity and preserveness of valuable familiarity on the topic
    of unpredicted emotions.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*