ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना

८ असार २०८०, शुक्रबार १७:०८

काठमाडौं ।  सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सूचना प्रकासित गरेको छ ।

पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीलाई १५ दिन भित्र ऋण भुक्तानी गर्न अनुरोध गर्दै तीनपुस्ते समेत सार्वजनिक गरेको छ ।

घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर, सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समसम्म नआएपछि तीन पुस्ते विवरणसहित ‘अल्टिमेटम’ दिनुपरेको सहकारीले जनाएको छ ।

‘सूचना प्रकाशित मितिले १५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम ९साँवा, ब्याज र अन्य दस्तुर० समेत चुक्ता गर्नुपर्नेछ । अन्यथा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चलरअचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर९घरानाबाट समेत असुल उपर गरिनेछ ।’, सूचनामा उल्लेख गरिएको छ ।

सहकारीले यस अघि पनि सूचना प्रकाशित गरेर ऋण तिर्न भने पनि वेवास्ता गरेका कारण १५ दिन भित्र उक्त ऋणको साँवा व्याज भुक्तानी गर्न सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*