एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोग, बैंकको अध्यक्ष पदबाट राजिनामा दिन सुझाव

१६ माघ २०७९, सोमबार १८:०१

काठमाडौं । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ । नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले लेखेको मृत्युकालिन घोषणाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेर दरखास्त दर्ता गरी अनुसन्धान सुरु गरिसकेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले समेत सो घटनाको सम्बन्धमा छानविन गर्ने जिम्मेवारी गृहमन्त्रालयलाई दिएको र गृहले समेत छानविन समिति बनाएर काम गरिरहेको छ । पछिल्लो पटक अभियोग लागेका अभियुक्तरुलाई बोलाएर प्रहरीले बयान लिने काम गरिरहेको छ । यसैक्रममा आज भाटभटेनी सुपरस्टोरका सञ्चालक मिन बहादुर गुरुङ र सान इन्टरनेशनल कलेजका सञ्चालकसँग बयान लिइसको छ । प्रहरीले हाल अनुसन्धान जारी रहेकोले के हुन्छ भनेर अहिले नै भन्न नमिल्ने बताउँदै आएको छ ।

यद्यपि गोल्यान एग्रो फार्म चलाएका तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि समेत प्रेम आचार्यका परिवारले जाहेरी दरखास्त दिएकोले गोल्यान समेत कानुनी दायरामा आउने निश्चित छ ।
उता, एनएमबी बैंकमा भने तनाव सुरु भएको छ । बैंकका अध्यक्षलाई प्रहरीले बोलाउने वित्तिकै पक्राउ परेको सन्देशले बैंकको इमेजमा नराम्रो खवर जानसक्ने भन्दै अध्यक्ष गोल्यानलाई राजिनामा दिन सुझाव दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*