स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको १५ प्रतिशत लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण...
सानिमा बैंकद्वारा ५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट शेयरधनीहरूलाई कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो...
नेशनल लघुवित्तको ३९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३९ हजार ८११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यस शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन हो । युनिलिभरले असोज २८ गते र सिटिजन्स बैंकले २९ गते बुक क्लोज गर्दैछन् । असोज २४ देखि २८ गतेसम्म सार्वजनिक बिदा परेकाले...
वाणिज्य बैंकमार्फत लघुवित्त कम्पनीमा थोक कर्जा प्रवाह सम्बन्धी नयाँ व्यवस्था
काठमाडौं । बैंकहरुमार्फत लघुवित्तमा प्रवाह हुने कर्जाको सीमा राष्ट्र बैंकले तोकेको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै वाणिज्य बैंकले लघुवित्तमा कुल थोक कर्जाको अधिकतम ४० प्रतिशतसम्म मात्र थोक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था परिपत्रमा उल्लेख गरिएको...
राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न पाउने संख्या बढायो, कतिपटक रकम जम्मा गर्न पाईन्छ ?
काठमाडौं । राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वको नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न पाउने संख्या बढाएको छ। यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा राष्ट्र बैंकले दसैंका अवसरमा...
जुनसुकै बैंकका साना संस्थापक शेयरधनीले आफ्नै बैंकबाट पनि ऋण लिन पाउने, जारी भयो यस्तो निर्देशिका
काठमाडौं । बैंक तथा वित्तिय संस्थाका संस्थापक शेयरधनी वा संस्थाका शेयरधनीहरुले आफ्नो संस्थाबाट कर्जा लिन पाउने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो। अबदेखि चुक्तापूँजीको शुन्य दशमलब ५ प्रतिशत भन्दा...
धितोमा राखेको शेयर बेच्न राष्ट्र बैंकको कडाई, के छ नयाँ व्यवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितोमा स्वीकार गरेको शेयरहरु बेच्न कडाई गरेको छ । बैंकहरुले शेयर धितो कर्जा सम्बन्धी प्रडक्ट पेपरमै मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयरबिक्री गरी असुल उपर गर्ने सम्बन्धी स्पष्ट...
प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट ५० लाख रुपैयाँ सहयोग
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको...
एनएलजी इन्स्योरेन्स र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
काठमाडौं । शेयर बजारमा दशैँ अघि लगानीकर्ताहरुलाई निराश बनाएको छ । केही दिन यता लयमा बढी रहेको शेयर बजारमा आज भारी गिरावट आएको छ । मंगलबारको कारोबार एनएलजी इन्स्योरेन्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको २७ करोड १७...
स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार क्रियाशिल छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन...
कैलाली र वीरेन्द्रनगरमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ । वीरेन्द्रनगर र कैलालीमा नयाँ शाखा विस्तार गरेसँगै सबै प्रदेशमा शाखा विस्तार भएको बैंकले जनाएको छ । दुवै शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र...
दशैँमा दक्षिणा नोट फोहोर नगर्न राष्ट्र बैंकको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिणा दिँदा नोटमा जल तथा अबिर नलाग्ने गरी दिन आग्रह गरेको छ। मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। दशैंमा देवीको प्रसादको रुपमा टिका जमारासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग...
सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । यस्तो विषम परिस्थितिसँग सामना गर्न...
राष्ट्र बैंकले यो बर्षदेखि दशैंमा किन दिएन नयाँ नोट ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सुझाव दिएको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो सुझाव दिएको हो। यसका साथै दशैंका बेला बैंक नोटको जतन गर्न पनि राष्ट्र...
गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय गरेको छ । असोज १८ गते बसेको मन्त्रिपरिषदको बैठकले २०७८ सालमा गभर्नर अधिकारीबिरुद्ध छानविन गर्न गठित जाँचबुझ समिति रद्द गरिदिएको हो ।...
आशा लघुवित्तलाई १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ । कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत...
ग्लोबल आइएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत...
नबिल बैंक र हाम्रो पात्रोबीच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार...
लुम्बिनी विकास बैंकले जित्यो दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपालसहित पाँच उपाधि
काठमाडौँ । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ...




















