नाडेप लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय र अधिकृत तहमा २ जनाका दरले कर्मचारी माग गरेको हो सूचना अनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित...


दशैँका लागि आजदेखि सुकिला नोट साट्दै राष्ट्र बैंक

काठमाडौँ । नेपालीहरुको महान चाँडपर्वका रुपमा रहेको विजया दशमीको लागि नेपाल राष्ट्र बैंकले आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको साट्टो...


ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए । नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको...


६ वर्षपछि सरकारको लक्ष्य पूराः एभरेष्ट बैंकले बझाङको साइपालमा खोल्यो शाखा

काठमाडौँ । नेपाल सरकारले ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य ६ वर्षपछि सफलतापूर्वक पूरा गरेको छ। एभरेष्ट बैंकले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा शाखा विस्तार गरी बैंकिङ सेवा सञ्चालन गरेसँगै सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याइएको...


दराजबाट समान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त...


‘जेबिएनएल सेक्यूरिटिज्को’ प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै

काठमाडौँ । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लिको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका हुन् । सभाले...


सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । बि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका...


एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्ट जेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा

काठमाडौँ ।  एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि  नेक्स्ट जेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ । बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको...


यस्तो छ कुमारी बैंकको दशैं अफर

काठमाडौ । अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका...


अब ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यस नयाँ प्लेटफर्ममार्फत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार, यो डिजिटल प्लेटफर्मका माध्यमबाट ग्राहकहरूले आफूसँग रहेको...


जोखिम छ भनेर तोकिएको वातावरणीय लगानीबाट भाग्न पाइदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सरकारले तोकेको र वातावरणीय लगानीको लागि जोखिमपूर्ण छ भनेर नजाने छुट नभएको बताएका छन् । नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालको संयुक्त आयोजनामा आयोजित दुई दिने सेमिनारको उद्घाटन...


बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुग्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार २०८१ साउन मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुगेको छ। यीमध्ये २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक...


चालु आवको पहिलो महिनामा अन्तर बैंक कारोबारमा ठूलो गिरावट

काठमाडौं। चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा अन्तर बैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, पहिलो महिनामा वाणिज्य बैंकहरूमाझ ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरुबीच ६५ करोडको अन्तर बैंक कारोबार भएको छ।...


चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँ बचतमा, शोधनान्तर स्थिति कति ?

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनसम्म चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्रका अनुसारले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७...


साउनमा कुल आन्तरिक कर्जा वार्षिक ७.७ प्रतिशतले वृद्धि

काठमाडौं। २०८१ साउन मसान्तसम्म कुल आन्तरिक कर्जा वार्षिक बिन्दुगत आधारमा ७.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा भने ०.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही...


घट्यो महँगी वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको...


यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स दोहोरो अकंले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता...


विदेशी मुद्रा सञ्चिति २१ खर्ब, १६.७ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनसम्म विदेशी मुद्रा सञ्चिति २१ खर्ब रुपैयाँ पुगेको छ । साउनसम्म कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको होे । अमेरिकी डलरमा यस्तो...


१८ प्रतिशतले बढ्यो रेमिट्यान्स, पहिलो महिनामा नै १ खर्ब ३६ अर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । साउन महिनामा १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८...


सफलता र विश्वसनीयताको प्रतीकः नेपाल एसबीआई बैंकले आफ्नो मुनाफा र सेवा विस्तारलाई प्राथमिकता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले पुनः आफ्नो स्थिरता र वृद्धिको मार्गलाई दृढ बनाउँदै इक्रा नेपालले जारी गरेको हालैको रेटिङ पुनः पुष्टि गरेको छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) को बलियो प्रवर्द्धक प्रोफाइल र राम्रो पूँजी पर्याप्ततासँगै बैंकले...